२०८३ असोज ३ शनिबार

राष्ट्रिय जीवन बीमा कम्पनीलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न अर्थ मन्त्रालयको निर्देशन

ई आर्थिक    बुधबार, मंसिर १९ २०८१
5.1K
Shares
राष्ट्रिय जीवन बीमा कम्पनीलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न अर्थ मन्त्रालयको निर्देशन

ई-आर्थिक, काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीलाई चार महिनामा लेखा परीक्षण गर्ने अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।  राष्ट्रिय जीवन बीमा कम्पनीको लेखापरीक्षण विगत  ९ वर्षदेखि  हुन सकेको छैन् । कम्पनीले  आर्थिक वर्ष २०७१/७२ देखि अन्तिम लेखा परीक्षण सम्पन्न गर्ने  सकेको छैन ।

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका पदाधिकारीहरुसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखा परीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताएका छन् ।

उनले लेखा परीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरोकारवालाहरुलाई निर्देशन दिएका छन्  ।

बैठकमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि मात्र राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आयोजना गर्ने कुरा भएको छ । बैठकमा महालेखा परीक्षकको कार्यालय, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बीमा कम्पनीका पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij