२०८३ असोज १ बिहिबार

महालक्ष्मी विकास बैंकको नवौं नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०२६ मा सहभागिता

ई आर्थिक    बिहिबार, असोज १ २०८३
190
Shares
महालक्ष्मी विकास बैंकको नवौं नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०२६ मा सहभागिता

काठमाडौं । यही असोज १ गते देखी काठमाण्डौंको भृकुटीमण्डपमा सञ्चालन भईरहेको नवौंं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०८३ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ ।

नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा भईरहेको उक्त प्रदर्शनीमा महालक्ष्मी विकास बैंकले घर/जग्गाा खरिद तथा घर निर्माण गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य गर्नेछ ।

ग्राहकहरुको आवश्यकता अनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तिय सेवा उपलब्ध गराउउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्धेश्यका साथ बैंकले सहभागिता जनाएको हो । हाल विकास बैंकहरुमा सबै भन्दा प्रतिस्पर्धी ब्याजदरमा घर/जग्गाा खरिद तथा घर निर्माण कर्जा प्रदान गरिरहेको यस बैंकले आकर्षक ब्याजदरमा कर्जा प्रदान गर्नेछ । यस अवसरमा बैंकले प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गर्नेछ । भाद« महिनाको लागि हाल बैंकको आधार दर ५.६४ प्रतिशत रहेको छ जसको प्रत्यक्ष लाभ घर/जग्गाा खरिद तथा घर निर्माण कार्यको लागि कर्जा लिने ग्राहकहरुले लिन सक्नेछन् ।

महालक्ष्मी विकास बैंक मार्फत कर्जा लिन चाहाने ग्राहकहरुले स्टल न. ब्द्दज्ञ गई सम्पर्क गर्न सक्नेछन् । प्रर्दशनीमा बैंकका प्रतिनिधिहरुले ग्राहकसँग प्रत्यक्ष अन्र्तक्रिया गरी कर्जा प्रक्रिया तथा विभिन्न बैकिङ्ग सुविधाहरु बारे आवश्यक जानकारी तथा परामर्श प्रदान गर्नेछन् ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij