१६ जेठ, काठमाडौं । लाजिम्पाटस्थित पाँचतारे होटल र्याडिसनका प्रवन्ध निर्देशक बीके श्रेष्ठको निधन भएको छ । ६८ वर्षीय श्रेष्ठको मंगलबार विहान भैसेपाटी स्थित निजी निवासमा निधन भएको हो ।
केही समयदेखि क्यान्सर रोगबाट पीडित श्रेष्ठको सघन उपचारपछि चिकित्सकको निगरानीमा निवासमै उपचार भइरहेको थियो । हिमालयन ट्राभल एजेन्सीको स्थापना गरेर ४ दशकदेखि पर्यटन क्षेत्रमा लागेका श्रेष्ठ त्यही कम्पनी मार्फत नै होटल व्यवसायमा लागेका थिए । श्रेष्ठ होटल व्यवसायीहरुको छाता संगठन होटल एशोसिएशन नेपाल (हान) का निवर्तमान अध्यक्ष समेत हुन् ।
श्रेष्ठका श्रीमती र तीन छोरी छन् । जेठी छोरी अमेरिकामा छिन्। माइली छोरीर्ले र्याडिसनको व्यवस्थापन हेर्दै आएकी छिन् भने कान्छी छोरी काठमाडौंमै अध्ययनरत छिन्।