२०८३ साउन ९ शनिबार

२ करोड २५ लाखको विवाद होइन, ४ लाख ५० हजारको चेकको मुद्दा मात्र हो : सेफ सन्तोषकुमार साह

ई आर्थिक    बुधबार, असार ३ २०८३
1.3K
Shares
२ करोड २५ लाखको विवाद होइन, ४ लाख ५० हजारको चेकको मुद्दा मात्र हो : सेफ सन्तोषकुमार साह

काठमाडौं ।  चर्चित सेफ तथा मिथिला थाली चेन रेस्टुरेन्टका सञ्चालक सन्तोषकुमार साहले आफूविरुद्धको मुद्दा ४ लाख ५० हजार रुपैयाँको चेकसँग मात्र सम्बन्धित रहेको बताएका छन्।

रेस्टुरेन्ट खरिद विवादमा २ करोड २५ लाख रुपैयाँको आरोप लागिरहेका बेला साहले उक्त आरोप वास्तविक नभएको दाबी गरेका हुन्। शकुन्तला अधिकारी थापाको जाहेरीका आधारमा शुक्रबार पक्राउ परेका उनी हाजिरी जमानीमा छुटेका थिए।

प्रहरीका अनुसार गैरीधारास्थित रेस्टुरेन्ट खरिद गर्दा सहमति अनुसारको रकम नतिरेको तथा केही चेक सटही नभएको आरोपमा साहमाथि अनुसन्धान भइरहेको छ।

तर साहले ‘शीला रेस्टुरेन्ट’ खरिद गरेपछि घरबेटी र रेस्टुरेन्टबीचको पुरानो भाडा विवाद तथा बैंक ऋणको जिम्मेवारीसमेत आफूले लिएको बताएका छन्। उनले २५ लाख रुपैयाँको चेकबापतको रकम भुक्तानी गरिसकेको दाबी गर्दै हालको विवाद ४ लाख ५० हजार रुपैयाँको चेकसँग मात्र सम्बन्धित रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij