काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, प्रशासनिक सुधार तथा विभिन्न संस्थागत व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना तथा तादी खोला जलविद्युत आयोजना लाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। सरकारको यो निर्णयसँगै ती आयोजनाको निर्माण तथा कार्यान्वयन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, बैठकले निजामती सेवा (सोह्रौं संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ।
बैठकले श्री विशाल कुमार भण्डारी, दोलखा को अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटी को नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय पनि गरेको छ। नयाँ समितिले संस्थाको नियमित सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ।
यस्तै, पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङ सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन मन्त्रिपरिषद्ले ग्रहण गरेको छ।
सरकारका अनुसार बैठकमा भएका यी निर्णयहरू सम्बन्धित निकायमार्फत कार्यान्वयन प्रक्रियामा लैजाने तयारी गरिएको छ।