२०८३ भाद्र ३० मंगलबार

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

ई आर्थिक    सोमबार, भाद्र २९ २०८३
247
Shares
बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

काठमाडौं । बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मत तथा पुनःस्थापनापछि पुनः सञ्चालनमा आएको छ।

गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण जहरेखेतस्थित सबस्टेसनमा करिब १० फिटसम्म लेदोमाटोसहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा ठूलो क्षति पुगेको थियो।

क्षतिग्रस्त सबस्टेसनलाई सञ्चालनमा ल्याउन नेपाल विद्युत् प्राधिकरणले आवश्यक जनशक्ति, उपकरण तथा सामग्री परिचालन गरी तीव्र गतिमा मर्मत तथा पुनःस्थापनाको काम अघि बढाएको थियो। सोही क्रममा भदौ २८ गते दिउँसो २ बजेदेखि सबस्टेसन पुनः सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।

सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार, आदमघाट फिडरअन्तर्गतका २२ किलो क्षेत्र तथा पीडा फिडरअन्तर्गत किरान्चोक, मिलनटारलगायत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भएको छ।

प्राधिकरणका अनुसार सबस्टेसन सञ्चालनमा आएपछि बाढीबाट प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति क्रमशः सामान्य बन्दै गएको छ। उपभोक्तालाई नियमित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन बाँकी मर्मत तथा पुनःस्थापनाका कामलाई समेत प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij