काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका संघीय संसद्, प्रतिनिधिसभाका सदस्य मिङ्गा ग्याबु शेर्पालाई सम्मान गर्नुभएको छ।
संघीय संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा माननीय शेर्पालाई राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायणप्रसाद दाहालले समेत सम्मान तथा बधाई व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी तथा राष्ट्रिय सभाकी उपाध्यक्ष लिला कुमारी भण्डारीको उपस्थिति रहेको थियो।
शेर्पाले वि.सं. २०८३ साल जेठ १३ गते (मे २७, २०२६) बिहान ५:४० बजे संघीय संसद्को झण्डासहित सगरमाथाको सफल आरोहण गर्नुभएको हो।
उहाँ सगरमाथा आरोहण गर्ने पहिलो बहालवाला संघीय सांसद हुनुहुन्छ। यो उहाँको सगरमाथाको दशौँ सफल आरोहणसमेत हो।