२०८३ साउन १२ मंगलबार

डिडिसीद्वारा दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी

ई आर्थिक    बुधबार, जेष्ठ १३ २०८३
1.7K
Shares
डिडिसीद्वारा दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ।

डिडिसीका अनुसार पछिल्लो चार महिनादेखि बाँकी रहेको करिब ५८ करोड रुपैयाँ दायित्वमध्ये हालसम्म १२ करोड रुपैयाँ किसानलाई उपलब्ध गराइएको हो।

कृषि, वन तथा वातावरण मन्त्रालयले डिडिसी सुधारका लागि कार्ययोजना लागू गरेपछि किसानलाई दैनिक रूपमा करिब एक करोड रुपैयाँ भुक्तानी भइरहेको जनाएको छ।

मन्त्रालयका अनुसार निजी क्षेत्रका डेरी उद्योगहरूले किसानलाई करिब तीन अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ भने सरकारी निकाय डिडिसीले अझै ४६ करोड रुपैयाँ तिर्न बाँकी छ।

दूध किसानले लामो समयदेखि भुक्तानी नपाएको गुनासो गर्दै आएका बेला सरकारले बक्यौता रकम क्रमशः भुक्तानी गर्न थालेपछि किसानमा केही राहत पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij