काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका छन्। तोकिएको समयसीमाभित्र प्राप्त आवेदनबारे जानकारी दिँदै सिफारिस समितिले कुल ४७ जनाको सहभागिता रहेको जनाएको हो।
अध्यक्ष पदका लागि तोकिएको योग्यता र मापदण्डका आधारमा प्राप्त आवेदनहरू मूल्याङ्कन गरिनेछ। त्यसपछि योग्य ठहरिएका उम्मेदवारहरूमध्येबाट समितिले सरकारलाई सिफारिस गर्ने प्रक्रिया अघि बढाउनेछ।
समितिको सिफारिसपछि सरकारले बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्नेछ।
यसअघि अध्यक्ष रहनुभएका सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि उक्त पद खाली रहेको छ। त्यसयता नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको हो।