२०८३ भाद्र २९ सोमबार

ओली र लेखकलाई हिरासतबाट छोड्न सर्वोच्चको परमादेश

ई आर्थिक    सोमबार, चैत्र २३ २०८२
2.5K
Shares
ओली र लेखकलाई हिरासतबाट छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ। सर्वोच्च अदालतले ज्यानसम्बन्धी कसूरको अनुसन्धानका क्रममा हिरासतमा रहेका केपी शर्मा ओली र रमेश लेखकलाई चैत २५ गतेपछि थुनामुक्त गर्न परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेल को संयुक्त इजलासले सोमबार उक्त आदेश दिएको हो।

यसअघि काठमाडौं जिल्ला अदालत ले मिति २०८२ चैत २२ मा तेस्रो पटक ५ दिनको म्याद थप गर्ने अनुमति दिएको थियो, जुन म्याद चैत २५ गते सकिनेछ। सर्वोच्च अदालतले सोही समयावधिभित्र अनुसन्धान सम्पन्न गरी मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न निर्देशन दिएको छ।

अदालतले दिएको आदेशअनुसार, यदि उक्त अवधिभित्र अनुसन्धान पूरा हुन नसकेमा, म्याद सकिएलगत्तै दुवै नेतालाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम प्रक्रिया पूरा गरी हिरासतबाट मुक्त गर्नुपर्नेछ।

सर्वोच्चले पक्राउ प्रक्रिया र म्याद थपलाई कानुनसम्मत ठहर गरेको छ। बन्दीप्रत्यक्षीकरणको आदेश भने जारी नगरे पनि मानवीय तथा विशेष परिस्थितिका आधारमा निरन्तर हिरासतमा राखेर अनुसन्धान गरिरहनु आवश्यक नरहेको ठहर अदालतको छ।

यस सम्बन्धमा आवश्यक कार्यवाही गर्न सम्बन्धित निकायका नाममा परमादेश जारी गरिएको छ। अदालतले आदेशको पूर्णपाठ तयार हुन समय लाग्ने जनाउँदै हाललाई संक्षिप्त आदेश मात्र सार्वजनिक गरेको जनाएको छ।

यस्तो छ सर्वोच्चको आदेश 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij