काठमाडौं। नेपाल वायुसेवा निगमले आफ्नो दुबई उडान भोलि बुधबारदेखि पुनः सञ्चालनमा आउने जनाएको छ। निगमका अनुसार आरए २२९ जहाज काठमाडौंबाट दुबईको लागि स्थानीय समयअनुसार २३:१५ मा प्रस्थान गर्नेछ।
वापसी उडान पर्सी बिहीबार स्थानीय समयअनुसार ४:१० मा दुबईबाट काठमाडौं आउने व्यवस्था गरिएको छ। निगमले उडान समय नियमित तालिकाअनुसार हुने जनाएको छ।
निगमले २८ फेब्रुअरी देखि ९ मार्च २०२६ सम्म टिकट किनेका यात्रुहरूलाई ११ मार्च २०२६ मा यात्रा गर्न इच्छुक भए ईमेलमार्फत सम्पर्क गर्न आग्रह गरेको छ। साथै, केवल टिकट पुनः प्रमाणीकरण गरिएका यात्रुहरूलाई विमानस्थलमा उपस्थित हुन भनिएको छ।