२०८३ साउन ९ शनिबार

जेनजी आन्दोलन जाँचबुझ आयोगले प्रतिवेदन प्रधानमन्त्रीलाई बुझायो

ई आर्थिक    आइतबार, फाल्गुन २४ २०८२
2K
Shares
जेनजी आन्दोलन जाँचबुझ आयोगले  प्रतिवेदन प्रधानमन्त्रीलाई बुझायो

काठमाडौं ।  जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठन गरिएको आयोगले आफ्नो प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बुझाएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारी सहितको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री सुशीला कार्की समक्ष पुगेको हो।

आयोगका कर्मचारीहरूले प्रतिवेदन तथा सम्बन्धित कागजातहरू बोकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयभित्र प्रवेश गरिसकेका छन्। आयोगले प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गरी प्रतिवेदनका मुख्य निष्कर्ष तथा सिफारिसबारे जानकारी गराउने जनाएको छ।

 

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन र आवश्यक सिफारिस गर्न सरकारले उक्त जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले लामो समयसम्म विभिन्न पक्षसँग छलफल, बयान तथा प्रमाण संकलन गरी प्रतिवेदन तयार पारेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij