२०८३ साउन ९ शनिबार

७५ जिल्लामा पुर्‍यो मतपत्र र निर्वाचन सामग्री, काठमाडौं र भक्तपुरमा बाँकी

ई आर्थिक    बुधबार, फाल्गुन १३ २०८२
1.1K
Shares
७५ जिल्लामा पुर्‍यो मतपत्र र  निर्वाचन सामग्री, काठमाडौं र भक्तपुरमा बाँकी

काठमाडौं।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुर्‍याइएको छ।

काठमाडौं र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्‍याइएको निर्वाचन आयोगले जनाकारी दियो । ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५ जिल्ला पुर्‍याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए।

काठमाडौं र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्‍याइने छ।

यस पटक प्रतिनिधिसभाका १६५ प्रत्यक्ष र ११० समानुपातिक सिटका लागि मतदान हुँदैछ । आयोगले मतपत्रसँगै स्वस्तिक छाप, मतपेटिका, लाहा, मसी लगायतका ६० भन्दा बढी प्रकारका निर्वाचन सामग्रीहरू जिल्ला जिल्लामा पठाएको विषयमा जिसीले बताए ।

फागुन १७ गतेभित्रमा सबै मतदान केन्द्रहरूमा कर्मचारी र सामग्री पुर्‍याउने लक्ष्य रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij