२०८३ साउन ९ शनिबार

सुरक्षा जोखिम बढेपछि चुनावी प्रचारमा सनरुफ गाडी निषेध

ई आर्थिक    शुक्रबार, फाल्गुन ८ २०८२
1.8K
Shares
सुरक्षा जोखिम बढेपछि चुनावी प्रचारमा सनरुफ गाडी निषेध

काठमाडौं । निर्वाचन प्रचारप्रसारलाई लक्षित गर्दै सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। अबदेखि देशभरका उम्मेदवारहरूले सनरुफ (छत खुल्ने) गाडी प्रयोग गर्न नपाउने भएका छन्।

गृह मन्त्रालय मा बसेको केन्द्रीय सुरक्षा समिति, केन्द्रीय कमान्ड पोस्ट तथा जिल्ला सुरक्षा समितिका प्रमुखहरूको संयुक्त बैठकले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो। उम्मेदवारहरूको ज्यान सुरक्षामा जोखिम बढ्न सक्ने निष्कर्षपछि सनरुफ गाडी प्रयोगमा रोक लगाइएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

यसअघि केही उम्मेदवारहरूले प्रचारका क्रममा सनरुफ गाडी प्रयोग गर्दै समर्थकलाई अभिवादन गर्ने गरेका थिए। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाह ले यस्तो शैली अपनाएका थिए।

नयाँ निर्णयसँगै अब सबै उम्मेदवारहरूलाई समान रूपमा लागू हुने गरी सनरुफ गाडी प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। सुरक्षा निकायले निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक कडाइ गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij