२०८३ भाद्र ३१ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आर्थिक र सामाजिक योजनाको वाचापत्र सार्वजनिक

ई आर्थिक    बिहिबार, फाल्गुन ७ २०८२
2.8K
Shares
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आर्थिक र सामाजिक योजनाको वाचापत्र सार्वजनिक

कर्णाली ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज कर्णालीबाट आफ्नो वाचापत्र सार्वजनिक गर्दै आगामी पाँचदेखि दस वर्षभित्र देशलाई मध्यम आय भएको र समृद्ध बनाउने लक्ष्य प्रस्तुत गरेको छ। पार्टीले मध्यम वर्गको विस्तार, नयाँ रोजगारी सिर्जना, प्रभावकारी स्वास्थ्य बीमा र न्याय सुधारमा मेरिटोक्रेसी स्थापना गर्ने योजना अघि सारेको छ।

पार्टीको वाचापत्र अनुसार, सरकारको कामकाज अब लाइन–प्रणालीमा मात्र सीमित नभई अनलाइन प्रणालीमार्फत पारदर्शी र छिटो हुनेछ। निजी क्षेत्रसँग साझेदारी गरी करको बोझ घटाउने र सरकारी सुधारलाई दिगो बनाउने लक्ष्य पनि राखिएको छ।

अर्थतन्त्रसम्बन्धी लक्ष्यमा पार्टीले पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आम्दानी कम्तीमा ३ हजार अमेरिकी डलर पुर्‍याउने, पाँचदेखि दस वर्षभित्र वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने योजना बनाएको उल्लेख गरेको छ।

पार्टीका नेताहरूले भने, “हामी समृद्धि, अवसर र पारदर्शी शासनको लागि योजनाबद्ध ढंगले काम गर्नेछौँ, जसले सबै नागरिकलाई लाभ पुर्‍याउनेछ।”

रास्वपा वाचापत्र

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij