२०८३ साउन ९ शनिबार

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने मुख्य चुनावी मुद्दा

ई आर्थिक    बुधबार, फाल्गुन ६ २०८२
2.1K
Shares
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने मुख्य चुनावी मुद्दा

म्याग्दी। म्याग्दीका उम्मेदवारहरूले हिमाली जिल्लाको मान्यता कार्यान्वयनलाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको मुख्य चुनावी मुद्दा बनाएका छन्।

सात वर्षअघि सरकारले म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरेको भए पनि बजेट, योजना कार्यान्वयन र कर्मचारी सुविधा कार्यान्वयनमा आउन सकेको छैन।

नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी, एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उम्मेदवार महाविर पुनले हिमाली जिल्लाको मापदण्ड लागू गरेर विकास आयोजना र सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

म्याग्दीमा ३५ वडा र ६ स्थानीय तहमा ११ दल र एक स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यहाँ ८६,३९७ मतदाता रहेका छन् भने ८२ मतदानस्थल र १२० मतदान केन्द्र स्थापना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij