२०८३ साउन ९ शनिबार

प्रतिनिधिसभा चुनाव: अधिकांश दल र उम्मेद्वारले बैंक खाता सञ्चालनमा ल्याएनन्, चार दल र ४५४ उम्मेद्वारकाे मात्रै खाता

ई आर्थिक    शुक्रबार, फाल्गुन १ २०८२
2.4K
Shares
प्रतिनिधिसभा चुनाव: अधिकांश दल र उम्मेद्वारले बैंक खाता सञ्चालनमा ल्याएनन्, चार दल र ४५४ उम्मेद्वारकाे मात्रै खाता

काठमाडौँ ।  आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनेमध्ये चार राजनीतिक दलले मात्रै चुनाव प्रचारका लागि बैंक खाता खोलेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म ४ दल र ४५४ उम्मेदवारले मात्र अनिवार्य बैंक खाता सञ्चालनमा ल्याएका छन्।

बैंक खाता खोल्नुपर्ने व्यवस्था निर्वाचन आयोगको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२’ अनुसार अनिवार्य छ।

बैंक खाता खोलेका दलमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा (संयुक्त) र राष्ट्रिय जनमोर्चा रहेका छन्।

आयोगले यसलाई निर्वाचन प्रचार पारदर्शी बनाउनका लागि आवश्यक ठहर गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij