२०८३ भाद्र ३१ बुधबार

पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी, चार जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोगको स्वीकृति

ई आर्थिक    सोमबार, माघ १२ २०८२
2.4K
Shares
पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी, चार जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोगको स्वीकृति

काठमाडौं ।  सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदको जिम्मेवारी दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मको लागि पौडेललाई प्राधिकरणको सञ्चालक समिति अध्यक्षको रूपमा तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

त्यसैगरी, बैठकले विभिन्न चारवटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ।

स्वीकृति पाएका आयोजनाहरूमा सुतिखोला जलविद्युत् आयोजना, तामाकोसी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो संखुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij