२०८३ साउन ९ शनिबार

वीरगञ्ज नाकाबाट ६ महिनामा ४८ अर्ब १० करोड रुपैयाँको वस्तु निर्यात

ई आर्थिक    बिहिबार, माघ ८ २०८२
3.5K
Shares
वीरगञ्ज नाकाबाट ६ महिनामा ४८ अर्ब १० करोड रुपैयाँको वस्तु निर्यात

वीरगञ्ज।  वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ४८ अर्ब १० करोड रुपैयाँको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ।

गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात् १६ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी रकमको वस्तु तथा सामान निर्यात भएको छ।

गत आर्थिक वर्षको ६ महिनाको अवधिमा भने ३१ अर्ब ६७ करोड रुपैयाँबराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षमा यहाँबाट हुने निर्यात ५२ प्रतिशतले बढेको बताए।

चालु आर्थिक वर्षको ६ महिनामा २५ अर्ब ४२ करोड रुपैयाँको भटमासको प्रशोधित तेल निर्यात भएको छ। ३ अर्ब ४८ करोड रुपैयाँको फलफूलको जुस र ३ अर्ब ५५ करोड रुपैयाँको सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ।

त्यस्तै २ अर्ब २५ करोड रुपैयाँको प्रशोधित पाम तेल निर्यात भएको छ। १ अर्ब ७८ करोड रुपैयाँको विभिन्न किसिमका कपडा निर्यात भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij