२०८३ साउन १२ मंगलबार

कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

ई आर्थिक    मंगलबार, माघ ६ २०८२
3.1K
Shares
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा अन्तरिम आदेश नआएसँगै निर्वाचन आयोगको निर्णयअनुसार गगन थापा नेतृत्वको कांग्रेसलाई तत्कालका लागि बाटो खुलेको छ।

उक्त रिटमा आज न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो।

अदालतले अन्तरिम आदेशबारे निर्णय गर्नु अघि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

यसअघि निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कार्य समिति अद्यावधिक गरिसकेको छ, जसअनुसार कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij