झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ निर्वाचन क्षेत्रमा आगामी निर्वाचनका लागि आफ्नो मनोनयन दर्ता गराएका छन्।
दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका ओलीले आफ्नो मनोनयन दर्ता गरेका हुन्। समर्थक र बाजागाजासहित उनी कार्यालयसम्म पुगेका थिए भने विभिन्न स्थानमा कलससहित स्वागत गरिएको थियो।
उम्मेदवारी दर्ता पश्चात उनी आफ्ना निर्वाचन क्षेत्रका मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने तयारीमा छन्।
यो मनोनयनसँगै ओलीको उम्मेदवारीलाई निर्वाचन मैदानमा पार्टीको बलियो दावेदारका रूपमा हेरिएको छ।