काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार दिने भएका छन् ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापा सर्लाही–४ बाट चुनावी मैदानमा उत्रने तयारीमा छन्।
थापाको सम्भावित उम्मेदवारीको चर्चासँगै सर्लाही–४ मा राजनीतिक गतिविधि बढेको छ। स्थानीय स्तरमा समर्थक र कार्यकर्ताबीच विभिन्न अड्कलबाजी भइरहेका छन् भने अन्य राजनीतिक दलहरूले पनि रणनीति बनाइरहेका छन्।
नेपाली कांग्रेसले टिकट वितरणको निर्णय गरेपछि मात्र थापाको उम्मेदवारी औपचारिक हुने बताइएको छ।