२०८३ साउन १२ मंगलबार

प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले अधिकांश उम्मेदवार टुंग्यायो, हेभीवेट नेताहरूको टिकट काटियो

ई आर्थिक    आइतबार, माघ ४ २०८२
4.3K
Shares
प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले अधिकांश उम्मेदवार टुंग्यायो, हेभीवेट नेताहरूको टिकट काटियो

काठमाडौं : नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकबाट उम्मेदवार चयन गरिएको भए पनि पार्टीका प्रभावशाली तथा हेभीवेट नेताहरूको टिकट काटिएको छ ।

पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दै पराजित भएका केन्द्रीय सदस्य ईश्वर पोखरेलसहितका नेताहरू उम्मेदवार बन्नबाट वञ्चित भएका छन् । टिकट नपाउनेमा ईश्वर पोखरेलसँगै सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकुल बास्कोटा, ठाकुर गैरे, कर्ण थापा, ऐन महर, झपट रावल, नारदमुनी राना, कृष्णगोपाल श्रेष्ठ, विनोद खतिवडा, छविलाल विश्वकर्मा, नीरज आचार्य, विष्णु रिजाल र उषाकिरण तिम्सेना रहेका छन् ।

यीमध्ये अधिकांश नेताहरू महाधिवेशनमा ईश्वर पोखरेल पक्षबाट सक्रिय रहेका थिए । यद्यपि अध्यक्ष ओली निकट मानिने विष्णु रिजाल र नीरज आचार्यजस्ता केही नेताहरू पनि टिकटबाट वञ्चित भएका छन् ।

उम्मेदवार छनोटमा स्पष्ट मापदण्ड नअपनाइएको भन्दै सचिवालय बैठकमै असन्तुष्टि व्यक्त भएको बताइएको छ । नेतृ उषाकिरण तिम्सेनाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “ठाकुर गैरेको पाप लाग्छ है विष्णु कमरेड। (म पाप र धर्ममा विश्वास गर्दिनँ।)”

यस्तै, उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत पार्टी कार्यकर्तालाई विचलित नहुन आग्रह गर्दै उम्मेदवारको जितका लागि एकताबद्ध भएर लाग्न आह्वान गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ उम्मेदवारहरूलाई विजयी बनाउन आ–आफ्नो स्थानबाट सक्रिय रहनुहोस्। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ।”

केही निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट अझै बाँकी रहेकाले आगामी निर्णयमा थप नेताहरू समेटिने अपेक्षा गरिएको छ ।

एमालेका १४० उम्मेदवारको टुंगो

एमाले केन्द्रीय सचिवालय बैठकले प्रत्यक्षतर्फका १४० उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बैठकपछि अधिकांश उम्मेदवार टुंगो लागेको उपमहासचिव लेखराज भट्टले बताए । एमाले उम्मेदवारको नामावलीमा यसअघि ताप्लेजुङबाट जितेका उपमहासचिव योगेश भट्टराई, काठमाडौं–५ बाट उम्मेदवार भएका नेता ईश्वर पोखरेलको नाम परेको छैन । तीलगायत बाँकी निर्वाचन क्षेत्रको उम्मेदवारको टुंगो अध्यक्ष केपी शर्मा ओलीले लगाउने भएका छन् । उपाध्यक्ष विष्णु पौडेल रूपन्देही–२ बाट पाल्पा–२ मा सरेका छन् । महासचिव शंकर पोखरेलले दाङ–२ मा आफ्नो उम्मेदवारी टुंग्याएका छैनन् । बैठकमा उपमहासचिव भट्टराईले उम्मेदवार छनोटमा फरक मत राखेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ नाम एकल सिफारिस भएकाले उनको त्यहींबाट उठ्ने पक्का भएको छ । यस्तै, गुल्मी–२ बाट उपाध्यक्ष गोकर्ण बिष्ट, लमजुङबाट उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ उम्मेदवार भएका छन् । सचिव भानुभक्त ढकाल मोरङबाट तेह्रथुम उक्लिएका छन्, धनुषा–३ र ४ बाट पूर्ववत् जुली महतो र रघुवीर महासेठ उम्मेदवार भएका छन् । बारा–४ बाट किसान श्रेष्ठ र गोरखा–२ बाट मिलन (चक्रे) गुरुङ उम्मेदवार निश्चित भएका छन् ।

यस्तै, कैलाली–४ बाट उपमहासचिव लेखराज भट्ट, भक्तपुर–२ बाट सचिव महेश बस्नेत, गुल्मी–१ बाट प्रदीप ज्ञवाली, रूपन्देही–५ बाट खिमलाल भट्टराई, प्यूठानबाट सूर्य थापा एकल सिफारिस भएका थिए । इलाम–२ बाट सुहाङ नेम्वाङ, सिरहा–३ बाट लीलानाथ श्रेष्ठ, सल्यानबाट गुलाबजंग शाह, बाँके–१ बाट सूर्य ढकाल, सुर्खेत–१ बाट ध्रुव शाही, सुर्खेत–२ बाट कुलमणि देवकोटा, बैतडीबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेश ठगुन्ना उम्मेदवार भएका छन् ।

एमालेबाट हालसम्म निश्चित भएका उम्मेदवार

कोशी

अइन्द्रसुन्दर नेम्वाङ, पाँचथर

काजिमान कागते, इलाम–१

सुहाङ नेम्वाङ, इलाम–२

रामचन्द्र उप्रेति, झापा–१

देवराज घिमिरे, झापा–२

मनोज ताम्ली, झापा–४

केपी शर्मा ओली, झापा–५

डा. अर्जुन कार्की, संखुवासभा

राजेन्द्र राई, धनकुटा

शेरधन राई, भोजपुर

भानुभक्त ढकाल, तेह्रथुम

सूर्य पन्दाक, सुनसरी–१

भगवती चौधरी, सुनसरी–४

घनश्याम खतिवडा, मोरङ–१

दिलीप बगेडिया, मोरङ–२

दिलीप राई, मोरङ–३

जीवन घिमिरे, मोरङ–४

कल्पना राई, सोलुखुम्बु

अस्मिता थापा, ओखलढुंगा

दुर्गा थापा स्वोती, उदयपुर–१

अमर रायमाझी, उदयपुर–२

देवविक्रम राई, खोटाङ

मधेश

सुमन प्याकुरेल, सप्तरी–१

सतिश सिंह, सप्तरी–२

ताराकान्त चौधरी, सप्तरी–३

बालकृष्ण चौधरी, सप्तरी–४

केदार यादव, सिरहा–१

नवीनकुमार यादव, सिरहा–२

लीलानाथ श्रेष्ठ, सिरहा–३

बिल्टु यादव, सिरहा–४

रामचन्द्र मण्डल, धनुषा–१

उमाशंकर अग्रहरि, धनुषा–२

जुली महतो, धनुषा–३

रघुवीर महासेठ, धनुषा–४

लक्ष्मी महतो कोइरी, महोत्तरी–१

रामपरीक्षण यादव, महोत्तरी–२

सरोज यादव, महोत्तरी–४

हरि उप्रेती, सर्लाही–३

अजय गुप्ता, रौतहट–१

शैलेन्द्र साह, रौतहट–२

कुन्दन कुशवाहा, रौतहट–३

रामजी शाह, रौतहट–४

अच्युत मैनाली, बारा–१

बलवीर चौधरी, बारा–२

ज्वाला शाह, बारा–३

किसान श्रेष्ठ, बारा–४

प्रमोद जैसवाल, पर्सा–३

जालिम मियाा अन्सारी, पर्सा–४

बागमती

प्रदीप केसी (कटुवाल), सिन्धुली–१

मनोजजंग थापा, सिन्धुली–२

माधवप्रसाद ढुंगेल, रामेछाप

पार्वत गुरुङ, दोलखा

आङदोर्जे शेर्पा, सिन्धुपाल्चोक–१

शेरबहादुर तामाङ, सिन्धुपाल्चोक–२

अमित लामा, काभ्रे–१

भूमि त्रिपाठी, धादिङ–१

धनबहादुर घले, धादिङ–२

बद्री मैनाली, नुवाकोट–१

केशव पाण्डे, नुवाकोट–२

प्रेमबहादुर तामाङ, रसुवा

रामेश्वर राना, मकवानपुर–१

महेश बर्तौला, मकवानपुर–२

कृष्णराज (कमल) पाठक, चितवन–१

अस्मिन घिमिरे, चितवन–२

शंकरराज थपलिया, चितवन–३

मोहन रेग्मी, काठमाडौं–१

मणिराम फुयाल, काठमाडौं–२

रामेश्वर फुयाल, काठमाडौं–३

अमनकुमार मास्के, काठमाडौं–६

राजेश शाक्य, काठमाडौं–८

विनोद श्रेष्ठ, काठमाडौं–१०

चेतनाथ सञ्जेल, ललितपुर–१

प्रेमबहादुर महर्जन, ललितपुर–२

सोमप्रसाद मिश्र, भक्तपुर–१

महेश बस्नेत, भक्तपुर–२

गण्डकी

भागीरथ सापकोटा, नवलपुर–१

तिलबहादुर महत क्षेत्री, नवलपुर–२

आर.सी. लामिछाने, गोरखा–१

मिलन गुरुङ, गोरखा–२

पृथ्वी सुब्बा गुरुङ, लमजुङ

भगवती न्यौपाने, तनहुँ–१

केदार सिग्देल, तनहुँ–२

मीनप्रसाद गुरुङ, स्याङ्जा–१

खिमबहादुर थापा, स्याङ्जा–२

हरिकृष्ण श्रेष्ठ, म्याग्दी

वैणबहादुर क्षेत्री, कास्की–१

कृष्ण थापा, कास्की–२

दामोदर बैरागी, कास्की–३

हिरा केसी, बागलुङ–१

मञ्जु शर्मा चालिसे, बागलुङ–२

इन्द्रधारा बिष्ट, मुस्ताङ

पोल्देन सोताङ गुरुङ, मनाङ

पदम गिरी, पर्वत

लुम्बिनी

रामप्रसाद पाण्डे, नवलपरासी–१

भगवतीप्रसाद यादव, नवलपरासी–२

बासुदेव घिमिरे, रूपन्देही–३

खिमलाल भट्टराई, रूपन्देही–५

विश्राम चौधरी, कपिलवस्तु–१

वीरेन्द्र कनौडिया, कपिलवस्तु–२

घनश्याम पाण्डे, दाङ–३

सूर्य ढकाल, बाँके–१

दलबहादुर सुनार, बाँके–२

सालिकराम अधिकारी, बर्दिया–१

विमला विक, बर्दिया–२

नारायण आचार्य, पाल्पा–१

विष्णुप्रसाद पौडेल, पाल्पा–२

गोकुल घर्ती, रोल्पा

सूर्यबहादुर थापा, प्यूठान

पीताम्बर भुसाल, अर्घाखाँची

प्रदीप ज्ञवाली, गुल्मी–१

गोकर्ण बिष्ट, गुल्मी–२

कर्णाली

गुलाबजंग शाह, सल्यान

नन्दराम देवकोटा, रुकुम पश्चिम

ध्रुव शाही, सुर्खेत–१

कुलमणि देवकोटा, सुर्खेत–२

नागेन्द्र शाही (नेसनल), कालिकोट

शान्तिलाल महत, जुम्ला–१

शान्तिबहादुर महत, जुम्ला–२

पूर्णबहादुर रोकाया, मुगु

दल फडेरा, हुम्ला

लंक रोकाया, डोल्पा

रवीन्द्रराज शर्मा, दैलेख–१

लक्ष्मीराज शर्मा, दैलेख–२

डम्मरबहादुर सिंह, जाजरकोट

सुदूरपश्चिम

द्वारिका न्यौपाने, कैलाली–१

सूर्यबहादुर थापा, कैलाली–२

गौरीशंकर चौधरी, कैलाली–३

लेखराज भट्ट, कैलाली–४

यज्ञराज ढुंगाना, कैलाली–५

कमला बोहरा, कञ्चनपुर–१

वचनबहादुर सिंह, कञ्चनपुर–२

दीपक भट्ट, कञ्चनपुर–३

झपटबहादुर बोहरा, अछाम–१

यज्ञ बोगटी, अछाम–२

लालबहादुर थापा, बाजुरा

दीपक धामी, डोटी

चक्र स्नेही, डडेलधुरा

अफिलाल ओखेडा, बझाङ

दामोदर भण्डारी, बैतडी

गणेशसिंह ठगुन्ना, दार्चुला

– बाँकी निर्वाचन आयोगले टुंग्याउने

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij