काठमाडौं। रिहाइ प्रक्रिया पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हवाईमार्फत काठमाडौंबाट रुपन्देही जाँदै छन्। तर भैरहवाको मौसम खराब कारण बिहानदेखि लामिछाने काठमाडौँमै रोकिएका हुन् ।
उच्च अदालत बुटवल इजलासले लामिछानेलाई सर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो । अदालतले विभिन्न कानुनी सर्त तोकेर २ करोड ७४ लाख ८४ लाख रुपैयाँ बराबरको जमानत उपलब्ध गराएपछि रिहा गर्न सकिने निर्देशन दिएको हो।
सुप्रिम सहकारीसँग सम्बन्धित मुद्दामा प्रवाह भएको रकमको बिगोका आधारमा दामासाही हिसाबले पर्न आउने रकम बराबर बैंक ग्यारेन्टी राख्नुपर्ने आदेशमा उल्लेख गरिएको छ।
यद्यपि, प्रशासनिक प्रक्रिया पूरा गर्न र आवश्यक कागजात लिन जिल्ला अदालत रुपन्देही जानलागेका हुन् ।
आदेश जारी भएपछि नख्खु कारागारबाहिर उनलाई स्वागत गर्न समर्थकहरूको भीड जम्मा भएको थियो ।
उच्च अदालत बुटवलले दियो रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश