उच्च अदालत बुटवलले दियो रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश

काठमाडौं । उच्च अदालत बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सर्तसहित थुनामुक्त गर्न आदेश दिएको छ। अदालतले विभिन्न कानुनी सर्तहरू तोक्दै जमानतमा रिहा गर्न निर्देशन दिएको हो।
अदालतका अनुसार लामिछानेलाई  २ करोड ७४  लाख ८४ लाख रुपैयाँ बराबरको जमानत उपलब्ध गराएपछि थुनामुक्त गर्न सकिने आदेश भएको छ। सुप्रिम सहकारीसँग सम्बन्धित मुद्दामा प्रवाह भएको रकमको बिगोका सन्दर्भमा दामासाही हिसाबले पर्न आउने रकम बराबर बैंक ग्यारेन्टी राख्नुपर्ने उल्लेख आदेशमा गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भोलि मात्रै जेलमुक्त हुने भएका छन् । जिल्ला अदालत रुपन्देही पुगेर आवश्यक कागजात लिनुपर्ने भएकाले आज …