२०८३ असोज ३ शनिबार

पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान

ई आर्थिक    शुक्रबार, असोज २ २०८३
285
Shares
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान

पोखरा । पोखरा विश्वविद्यालयले चार संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ।

विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त डिन पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो। डिन छनोट प्रक्रियाअन्तर्गत उम्मेदवारले सम्बन्धित संकायको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना र व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ।

विश्वविद्यालयका अनुसार कार्ययोजनामा संकायको SWOT विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, स्रोत तथा बजेट र अनुगमन लगायतका विषय समेटिनुपर्नेछ।

खुला प्रतिस्पर्धाबाट डिन छनोट गर्दा उम्मेदवारको योग्यता र अनुभवसँगै सम्बन्धित संकायको विकासका लागि प्रस्तुत गरिने रणनीतिक योजना तथा त्यसको कार्यान्वयन क्षमतालाई समेत आधार बनाइने विश्वविद्यालयले जनाएको छ।

चारवटै संकायमा रिक्त डिन पदपूर्ति भएपछि शैक्षिक, प्रशासनिक तथा रणनीतिक नेतृत्व थप प्रभावकारी हुने विश्वविद्यालयको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij