ई–आर्थिक, काठमाडौं । नेपालको राजनीतिकवृतमा के.पी. शर्मा ओली लगातार चर्चाका पात्र छन् । ४ पटक प्रधानमन्त्री बन्ने, सरकारबाट कसरी हटे र एमाले अध्यक्षमा उनको तेस्रो यात्रापछि के हुन्छ ? अहिले सर्वत्र चासोको विषय छ । जेनजीको आन्दोलन पछि ढलेको के.पी. ओली नेतृत्वको सरकारको कमिकजोरीको अनुसन्धान र विश्लेषणमा छ बर्तमान सरकार । यसैवीच एमाले महाधिवेशन पनि नजिकिएको छ । महाधिवेशन नजिकिदै जाँदा ओलीइतरको समूहले नेतृत्वसहित उम्मेद्वारीको घोषणा गर्ने तयारीमा छ । जेनजी, बर्तमान सरकार र चौतर्फी ‘तारो’का बीच इश्वर पोखरेल समूहको उम्मेद्वारी तयारीले ओलीपक्षीयलाई केही दबाब सिर्जना गरेको छ ।
१. पहिलो पटक (October 2015 – August 2016) मा माओवादी केन्द्र र नेपाली काँग्रेसले संयुक्त रुपमा अविश्वास प्रस्ताव दर्ता गरेर उनको सरकार ढालेका थिए । उनले “अस्थिरता मच्चाउन विदेशी शक्ति”ले सरकार ढालेको आरोप लगाए ।
२. दोस्रो पटक (February 2018 – July 2021) उनि एमाले र माओवादी केन्द्र बिच चुनावी तालमेल (पछि एकता भई नेकपा बन्यो) भएपछि भएको चुनावमा बहुमत आएपछि प्रधानमन्त्री बने । तर प्रचण्डसंग खिचातानी भएपछि आफ्नै पार्टीको बहुमतको सरकार हुँदा नै उनले December 2020 मा संसद विघटन गरे ! तर अदालतले संसद पुनःस्थापना गरे पछि उनको सरकार ढल्यो ।
३. ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको सहयोगमा May 2021 मा फेरी संसद विघटन गरे । तर अदालतले फेरी पनि संसद पुनःस्थापना गरे पछि उनको सरकार फेरी ढल्यो ! यो पटक अदालतले देउवालाई प्रधानमन्त्री बनाउन आदेश समेत दिएको थियो ।
४. नेपाली काँग्रेसको समर्थनमा ओली
(July 2024 – September 2025) चौथो पटक प्रधानमन्त्री बने । यस पटक उनको सरकार जेनजीहरुको एकै दिनको सडक विद्रोहबाट ढलेको छ !
ओली एमाले अध्यक्षकाे यात्रा र भविष्य
१. पहिलोपटक नवाैं महाधिवेशनमा ओली वैधानिक बाटोबाटै एमालेको अध्यक्ष भएका हुन । पर पहिलोपटक अध्यक्ष भएपछि आफुसँग प्रतिस्पर्धा गरेका माधव नेपाललाई पार्टीमा बस्नै नसक्ने बनाए ।
२. दाेश्राे पटक दशाैं महाधिवेशनबाट अध्यक्ष बनेपछि आफुसँग प्रतिस्पर्धा गरेका भिम रावल र आफुले भनेको नमान्ने घनश्याम भुसाललाई पार्टीबाट निष्कासनगर्ने तह सम्मका सबै हत्कण्डा अपनाएका छन् । उनलेे शक्तिको बलमा आफूलाई फाईदा/अनुकुल हुने र फरक विचार/मत राख्ने सबलाई बाेल्नै नसक्ने बनाएका छन् ।
तेस्रोपटक दुई कार्यकाल र ७० बर्षे उमेर हद हटाउँदै विद्या भण्डारीको नवीकरण भएको सदस्यता खारेज गरि आफुसंग प्रतिस्पर्धा गर्ने काेहि नभएको बताउने ओली अहिले ईश्वर पाेखरेल सँग प्रतिस्पर्धा गर्ने भन्दा विधान महाधिवेशनमा पारित विधान फेरेर आफुलाई सर्वसम्मत हुने तयारीमा छन् । याे उनको आफु शक्तिशाली देखाउने उनको एकमात्र चाहना हाे तर त्यो पुरा हुन्छ वा हुन्न हेर्न बाँकी छ ।
आज उनिसँग उनका अग्रज र सहपाठी कोही पनि संगैत छैनन् । उनी कसैलाई पनि विश्वास गर्दैनन् । त्यसैले उनी “शक्ति” छोड्न चाहँदैनन् चाहे त्यसको जुनसुकै र जस्तोसुकै मुल्य जसलेसुकै चुकाउनु परोस । जो आज उनिसंग छन् ति उनलाई “राम्रो” लागेर त्यहाँ भएका पनि होइनन् । कोही किन उनीसंग छन् भने त्यो उनकाे आडमा आफुलाई स्थापित गर्न मात्रै हाे । उनहरूलाई समेत ओली ठिक लागेर हाेईन याे सबैलाइ थाहै छ ।
एमालेको आसन्न महाधिवेशनमा अप्रत्याशित केही भएन भने अध्यक्षमा ओली फरि निर्वाचित हुने निश्चित छ । त्यसपछि लगत्तै फागुन २१ मा हुने तय भएको आमनिर्वाचनमा भने एमालेमा उनी ईतरका पार्टीका कार्यकर्तालाई “डण्डा” लगाएर टिकट दिनेछैनन् । त्यसपछि भने एमालेका ओली पक्ष र ईतरका कार्यकर्ताले एमाले र ओली नेतृत्वको यथार्थको धरातल देख्ने र मनन गर्ने छन् भन्ने आशा गरौं !