२०८३ साउन ९ शनिबार

नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिइदै

ई आर्थिक    सोमबार, मंसिर १५ २०८२
2.5K
Shares
नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिइदै

नेपालगञ्ज ।  भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर  ९ (मंसिर २३ गते) हुने भ्रष्टाचार बिरुद्ध पाचौं नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रत दिइएको छ ।

भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने तथा नेपालगञ्जको पहिचानलाई व्यापकता दिने उद्धेश्यले आयोजना गरिदै आएको उक्त कार्यक्रममा सबैको सहभागिताका साथ भब्यता दिन आयोजक संस्था बास नेपाल तथा व्यवस्थापन गर्ने संस्था अन्तरालले तयारीलाई ब्यापकता दिएको हो ।

विभिन्न संघसंस्था तथा निकायहरुको सहकार्यमा हुने उक्त कार्यक्रममा गैसस क्षेत्रको ऐक्यबद्धता र प्रतिबद्धताका लागि आज समन्वय बैठक गरिएको छ । बैठकमा सहभागि गैससकर्मीहरुले सुशासनको खडेरी परेको समयमा नेपालगन्जको सडकबाट भ्रष्टाचार बिरुद्धको सन्देस प्रवाह गर्न सबै एकजुट भएर लाग्ने प्रतिबद्धता गरेका छन् ।

भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने नाराका साथ आयोजना हुन थालेको वाकाथनमा नेपाल प्रहरीको ब्याण्ड बाजा, विभिन्न साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, पर्चा, पम्लपेट बितरण, लगायतका गतिविधिहरु हुने छन् ।

कार्यक्रमका सहभागिहरु भ्रष्टाचार बिरुद्धको नारा सहित नेपालको झण्डा र भ्रष्टाचार बिरुद्धका सन्देस संकितको प्लेकार्डका साथमा भ्रष्टाचार बिरुद्ध सडकमा उत्रिने छन् । कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा अपिल गरिएको छ । कार्यक्रमको भब्यतालाई तिब्रता दिन संस्थाले विभिन्न चरणमा सबै क्षेत्रसँग भेटघाट र छलफल गर्ने गरि कार्यविभाजन गरेको छ ।

२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो ।

बास नेपालले पश्चिम नेपालमा २०७८ साल देखि नियमित रुपमा नेपालगन्जमा भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथन कार्यक्रम गर्दै आएकोछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij