२०८३ साउन ९ शनिबार

पोखरा अवतरणका क्रममा बुद्ध एयरको विमान चरासँग ठोक्कियो, सबै सुरक्षित

ई आर्थिक    शनिबार, मंसिर १३ २०८२
2.8K
Shares
पोखरा अवतरणका क्रममा बुद्ध एयरको विमान चरासँग ठोक्कियो, सबै सुरक्षित

काठमाडौँ : काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको एक विमान अवतरणका क्रममा चरासँग ठोक्किएको छ। शनिबार उडान संख्या ६१७ लिएर काठमाडौँबाट हिँडेको ९N–AOC दर्ताको विमान पोखरा विमानस्थल नजिकै चरासँग ठोक्किएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिएका छन्।

उनका अनुसार घटनापछि विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेका छन्। चरासँग ठोक्किएको विमानको प्रारम्भिक निरीक्षणका लागि पोखरास्थित बुद्ध एयरको प्राविधिक टोलीले आवश्यक परीक्षण तथा चाँज अनुसन्धान गरिरहेको कर्णले बताए।

एयरलाइन्सका अनुसार औपचारिक रिपोर्ट आएपछि मात्र विमानमा भएको क्षतिको स्तरबारे थप जानकारी सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij