२०८३ साउन ९ शनिबार

दल दर्ताको होडले जेनजी आन्दोलनको लक्ष्य तुहिने भन्दै मन्त्री महावीर पुनको आक्रोश

ई आर्थिक    सोमबार, मंसिर १ २०८२
3.9K
Shares
दल दर्ताको होडले जेनजी आन्दोलनको लक्ष्य तुहिने भन्दै मन्त्री महावीर पुनको आक्रोश

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका अगुवामध्ये केहीले छुट्टाछुट्टै दल दर्ता गर्न थालेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन्। जेनजी आन्दोलनपछि त्यसकै अगुवाहरू राजनीतिक दल दर्तामा लाग्दा आन्दोलनको मूल उद्देश्य नै कमजोर हुने उनले चेतावनी दिएका छन्।

मन्त्री पुनले सोमबार सामाजिक सञ्जालमार्फत दल दर्ताबारे प्रकाशित समाचार शेयर गर्दै साना विषयमा नमिलेको र अनेक समूहमा फुट्दै दल दर्ताको प्रतिस्पर्धा बढ्नु घातक हुने टिप्पणी गरे। उनले नयाँ दल दर्ताको लहरले जेनजी आन्दोलनले खोजेको परिवर्तन उल्टिन सक्ने चिन्ता व्यक्त गरे।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “हेर्नुहोस्, १२३ दल दर्ता भइसके र ३२ दर्ता हुने प्रक्रियामा। यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफैं खन्दैछन्।”

जेनजी नेताहरूको यस्तो प्रवृत्तिले पुरानै सत्ता संरचना फिर्ता आउने खतरा रहेको उनको भनाइ छ। पुनका अनुसार, “यस्तै ताल रहिरहे पुराना जाली–फटाहा नेताहरू र उनीहरूको नेटवर्क फेरि सत्तामा पुग्छ, र जेनजी आन्दोलनले लक्ष्य गरेको परिवर्तन धराशायी हुन्छ।”

उनले थप चेतावनी दिंदै भने, जेनजी आन्दोलनपछि बनेको वर्तमान मन्त्रीपरिषद्ले गरेका सकारात्मक कामहरू पनि पुरानै दलहरू सत्तामा फर्किए फेरि उल्टिने छन्।

निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म १२३ राजनीतिक दल दर्ता भइसकेका छन् भने ३२ दल दर्ता प्रक्रियामा छन्। नयाँ दर्ता भएर आउने दलहरूमध्ये केहीमा जेनजी आन्दोलनका अगुवाहरूको नेतृत्व रहेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij