२०८३ असोज ३ शनिबार

मन्त्री घिसिङको स्पष्टीकरण- राजीनामा दिन लागेको भन्ने समाचारमा कुनै पनि सत्यता छैन

ई आर्थिक    सोमबार, कार्तिक १७ २०८२
2.4K
Shares
मन्त्री घिसिङको स्पष्टीकरण- राजीनामा दिन लागेको भन्ने समाचारमा कुनै पनि सत्यता छैन

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिने तयारी गरेको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा राजीनामाको खबर सार्वजनिक भएपछि सोमबार सामाजिक सञ्जाल मार्फत मन्त्री घिसिङले त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

उनले भनेका छन्, “पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा कुनै पनि सत्यता छैन। मैले त्यस्तो कुनै निर्णय गरेको छैन।”

मन्त्री घिसिङका अनुसार जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको सरकारले जनताको आशा र विश्वास पूरा गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। उनले थपे, “यो सरकार विषम परिस्थितिमा बनेको हो, तर जनताप्रतिको प्रतिवद्धता स्पष्ट छ। म तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै जनादेश अनुसार कार्यरत छु।”

मन्त्री घिसिङले जनतालाई भ्रममा पार्ने उद्देश्यले गलत सूचना फैलाइएको भन्दै यस्ता अफवाहप्रति सतर्क रहन सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij