काठमाडौँ । आरटीजीएस प्रणाली आज शनिबार पनि सञ्चालन हुने भएको छ ।
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले आरटीजीएस (Real Time Gross Settlement) प्रणाली शनिबार नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो
सूचनामा उल्लेख भएअनुसार कात्तिक १५ गते शनिवार, आरटीजीएस प्रणाली बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म सुचारु रहने राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित सबै बैंक, वित्तीय संस्था र सरोकारवालाहरुलाई जानकारीको लागि यो सूचना जारी गरिएको हो।