२०८३ असोज ३ शनिबार

देउवा दम्पती उपचारका लागि आज राति सिंगापुर जाँदै

ई आर्थिक    सोमबार, कार्तिक १० २०८२
3.6K
Shares
देउवा दम्पती उपचारका लागि आज राति सिंगापुर जाँदै

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि आज (सोमबार) राति सिंगापुर जाँदै छन्। देउवा पत्नी तथा सांसद आरजु राणासहित राति करिब ९ बजे सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको उनका निकट स्रोतले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि देउवाले पार्टीका कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका थिए।

गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि सांघातिक आक्रमण भएको थियो। त्यसयता देउवाको स्वास्थ्यमा समस्या देखिएको र थप उपचारका लागि सिंगापुर लगिने तयारी गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij