ई-आर्थिक, काठमाडौं । छठ पर्वमा पनि आरटीजीएस सेवा सुचारु रहेको छ ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सार्वजनिक सूचना जारी गर्दै छठ पर्वको दिन पनि आरटीजीएस (RTGS) प्रणाली सुचारु रहने जानकारी दिएको हो।
आरटीजीएस प्रणाली बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म सञ्चालन हुने बताइएको छ। बैंकले यस सम्बन्धमा सबै सम्बन्धित पक्षलाई जानकारीको लागि सूचना प्रकाशित गरेको छ।
कार्यकारी निर्देशकद्वारा जारी विज्ञप्तिमा सिस्टम सुचारु रहने हुँदा वित्तीय लेनदेन सहज रूपमा सम्पन्न गर्न सकिने उल्लेख गरिएको छ।
आरटिजिएस ठूलो मूल्यको भुक्तानीका लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो ।
