२०८३ साउन ९ शनिबार

आज तिहारको मुख्य दिन भाइटीका: बिहान ११:३९ बजे उत्तम साइत

ई आर्थिक    बिहिबार, कार्तिक ६ २०८२
3.4K
Shares
आज तिहारको मुख्य दिन भाइटीका: बिहान ११:३९ बजे उत्तम साइत

ई-आर्थिक, काठमाडौं । आज देशभर श्रद्धा र उल्लासका साथ *यमपञ्चक* अर्थात् *तिहारको मुख्य दिन* भाइटीका मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइलाई पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै यो पर्व मनाइरहेका छन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीका लगाउने उत्तम साइत आज बिहान ११ बजेर ३९ मिनेटमा परेको छ। समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका लगाउने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने परम्परा रहेको छ।

मंगलवारको लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर मखमली, सयपत्री र गोदावरीका फूलमाला सहित सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिन्छन्। शास्त्रीय रूपमा टीकाका पाँच रंग — रातो, सेतो, पहेँलो, हरियो र नीलो — उल्लेख गरिएको भट्टराईले जानकारी दिनुभयो।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटी लगायतका मिठा परिकार अर्पण गर्छन् भने दाजुभाइले दिदीबहिनीलाई गच्छे अनुसार दक्षिणा, कपडा लगायतका सौभाग्यका प्रतीक सामग्री दिएर सम्मान जनाउँछन्।

यस दिन नेवार समुदायले *किजापूजा*का रूपमा पर्व मनाउने परम्परा छ। भक्तपुरका केही नेवार समुदायले भने हिजो नै किजापूजा सम्पन्न गरेका छन्।

भाइटीका दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता, स्नेह र पारिवारिक सम्बन्ध सुदृढ गर्ने पर्वका रूपमा देशभर उल्लासपूर्वक मनाइँदैछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij