२०८३ साउन ९ शनिबार

चालु खाता र शोधनान्तरमा उल्लेखनीय सुधार, वैदेशिक लगानीमा भने गिरावट

ई आर्थिक    मंगलबार, असोज २८ २०८२
3.6K
Shares
चालु खाता र शोधनान्तरमा उल्लेखनीय सुधार, वैदेशिक लगानीमा भने गिरावट

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालको चालु खाता र शोधनान्तर स्थिति उल्लेखनीय रूपमा बचतमा देखिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार, यस अवधिमा चालु खाता रु. १३० अर्ब ६९ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु. ५४ अर्ब ४१ करोड थियो। अमेरिकी डलरमा हेर्दा यो रकम ९३ करोड डलर रहेको छ, जबकि अघिल्लो वर्ष ४१ करोड डलर थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति पनि मजबुत रूपमा सुधारिएको छ। कुल शोधनान्तर रु. १५३ अर्ब ६८ करोडले बचतमा रहँदा, अघिल्लो वर्ष सोही अवधिमा यो बचत रु. १०१ अर्ब ७७ करोड थियो। डलरमा हेर्दा यो वर्ष १ अर्ब १० करोड डलर बचत देखिएको छ, जुन अघिल्लो वर्षको ७६ करोड डलरभन्दा उच्च हो।

खुद पुँजीगत ट्रान्सफर भने रु. २ अर्ब २० करोड पुगेको छ, अघिल्लो वर्ष सोही अवधिमा यो रु. १ अर्ब २० करोड थियो। तर, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) घट्दै रु. १ अर्ब २७ करोडमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष यस अवधिमा रु. २ अर्ब ७१ करोड बराबरको लगानी भित्रिएको थियो।

देशको चालु खाता तथा शोधनान्तरमा देखिएको यो सुधारले समष्टिगत आर्थिक सन्तुलनमा सकारात्मक संकेत दिएको छ भने लगानी क्षेत्रको सुस्त गति नीति निर्माण तहमा पुनर्विचार आवश्यक भएको संकेतका रूपमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij