ई–आर्थिक, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतको बयान लिएको छ।
बुधबार बिहान साइबर ब्युरो, भोटाहिटी पुगेका बस्नेतसँग प्रहरीले साइबर अपराधसम्बन्धी मुद्दामा बयान लिएको हो। एक महिलाले दिएको उजुरीका आधारमा उनलाई बयानका लागि बोलाइएको ब्युरो स्रोतले जानकारी दिएको छ।
यसअघि अनुसन्धान प्रक्रिया अघि नबढेपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरीलाई निर्देशन दिएको थियो। सो निर्देशनअनुसार बस्नेतलाई ब्युरोमा उपस्थित गराएर बयान लिइएको हो।
साइबर ब्युरोले मुद्दासम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ।