२०८३ साउन ९ शनिबार

देशभर असोज १९ र २० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

ई आर्थिक    शनिबार, असोज १८ २०८२
2.3K
Shares
देशभर असोज १९ र २० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । आगामी असोज १९ र २० गते (२०७९ साल) नेपालभर सार्वजनिक बिदा दिइने भएको छ। गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै देशका विभिन्न क्षेत्रमा सम्भावित भारी वर्षा र त्यसबाट हुन सक्ने प्राकृतिक प्रकोपको जोखिमलाई ध्यानमा राख्दै उक्त निर्णय गरेको हो।

जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाका अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न भागहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। हाल पनि विभिन्न स्थानहरूमा निरन्तर वर्षा भइरहेको जनाउँदै मन्त्रालयले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

भारी वर्षाका कारण बाढी, डुबान, भू-क्षयजस्ता विपद् उत्पन्न हुन सक्ने, सडक तथा हवाई यातायात अवरुद्ध हुने, र मानवीय क्षतिको समेत सम्भावना रहेको मन्त्रालयको भनाइ छ।

त्यसैले, विपद् व्यवस्थापन र अत्यावश्यक सेवासम्बन्धी कार्यालयहरू बाहेक अन्य सम्पूर्ण कार्यालयहरूमा असोज १९ र २० गते सार्वजनिक बिदा दिइने निर्णय भएको मन्त्रालयले स्पष्ट पारेको छ।

गृह मन्त्रालयले सबै नागरिकहरूलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न, तथा स्थानीय प्रशासनले जारी गर्ने सूचनाहरूको पालना गर्न आग्रहसमेत गरेको छ।

सूचना मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले मिति २०८२ असोज १८ मा उक्त सूचना सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij