२०८३ साउन १० आइतबार

तुइनखोला नजिकको पहिरो पन्छाउने कार्य ६० प्रतिशत सकियो, आज रातिसम्म सडक खुल्ने अनुमान

ई आर्थिक    बिहिबार, असोज ९ २०८२
3K
Shares
तुइनखोला नजिकको पहिरो पन्छाउने कार्य ६० प्रतिशत सकियो, आज रातिसम्म सडक खुल्ने अनुमान

चितवन ।  मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोलानजिक खसेको पहिरो पन्छाउने कार्य तीव्र रूपमा जारी रहेको छ। पहिरो पन्छाउन नारायणगढतर्फबाट १ एक्साभेटर र १ लोडर तथा मुग्लिनतर्फबाट १ एक्साभेटर र २ लोडरसहित दुबै दिशाबाट ५ वटा उपकरण परिचालन गरिएको छ। साथै, दुबै तर्फ १/१ ब्याक हो लोडर तयारी अवस्थामा राखिएको छ।

काम गर्ने क्षेत्र साँघुरो भएकाले अधिकतम ५ वटा उपकरणले मात्र एकपटकमा काम गर्न सक्ने अवस्था रहेको छ। यद्यपि, नारायणगढ साइडमा ठूला ढुंगाहरू र तिखा पत्थरहरूका कारण कार्यमा केही कठिनाइ आएको जनाइएको छ।

अहिलेसम्म पहिरो सफा गर्ने कार्य करिब ६० प्रतिशत सम्पन्न भइसकेको छ। उपकरणको टायर पञ्चर हुने, अपरेटर घाइते हुने जस्ता जोखिमहरू देखिए पनि काम निरन्तर भइरहेको छ। थप प्रभावकारी कार्यको लागि हेभी इक्युपमेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट दुई जना नयाँ अपरेटर खटाइएको छ।

यदि कुनै बाधा नआएमा आज रातिसम्ममा सम्पूर्ण पहिरो हटाई सडक सञ्चालनमा ल्याइने सम्भावना रहेको सडक डिभिजनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij