ई- आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने बजारमा १ अर्ब ३० करोड रुपैयाँ प्रवाह गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा १ अर्व ३० करोड करोड रुपैयाँ लगानी गर्ने भएको हो ।
केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको सूचनामार्फत जानकारी दिएको छ ।
केन्द्रीय बैंकले कुल रकममध्ये क वर्गको वाणिज्य बैंकमा १ अर्ब ४ करोड रुपैयाँ लगानी गर्नेछ भने ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा १९ करोड ५० लाख रुपैयाँ लगानी सूचनामा उल्लेख गरेको छ साथै ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ६ करोड ५० लाख निक्षेप लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकको सूचना अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको हो ।
सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले साउन २ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। यो मुद्दति निक्षेप वि.स २०८२/०६ /०५ गेतदेखि २०८३/०६/०६ गते सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।
