ई-आर्थिक, काठमाडौं । बहुचर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका छन्।
जेनजी आन्दोलनको दौरान कारागारमा भएको आगजनी र तोडफोडपछि सुन्धारा कारागारका ३३ सयभन्दा बढी कैदी भागेका छन्। करिब ३८ सय कैदी रहेको कारागारमा अहिले ५ सय जति मात्र बाँकी रहेको सुरक्षा स्रोतले जनाएको छ।
स्रोतका अनुसार, नख्खु कारागारबाट आएका कैदीहरूले राति सुन्धारा जेलमा तोडफोड गरेपछि प्रहरी फिर्ता भएको थियो र त्यसपछि मात्रै सेना परिचालित भएको थियो।
गोरे सन् २०१५ देखि २०१८ सम्म भएको साढे ३८ क्विन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका थिए।