२०८३ साउन ९ शनिबार

घरजग्गा कारोबार २८ प्रतिशतले गिरावट, कित्ताकाट रोकिँदा बजार ठप्प

ई आर्थिक    शुक्रबार, भाद्र २० २०८२
1.7K
Shares
घरजग्गा कारोबार २८ प्रतिशतले गिरावट, कित्ताकाट रोकिँदा बजार ठप्प

ई-आर्थिक, काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएसँगै घरजग्गा बजारमा तीव्र मन्दी देखिएको छ। अघिल्लो आर्थिक वर्षमा केही सक्रियता देखिएको कारोबार पुनः घट्दै गएको हो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७८ सालको साउन महिनामा देशभर ४३ हजार ८३५ वटा घरजग्गा कारोबार भएका थिए। तर, यो आर्थिक वर्षको साउनमा मात्र ३१ हजार ६२१ कारोबार भएको देखिन्छ। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८ प्रतिशतले कम हो।

गत आर्थिक वर्षको असार महिनामा ५५ हजार ५२४ वटा कारोबार भएका थिए। सोही आधारमा हेर्दा साउन महिनाको कारोबार ४३ प्रतिशतले घटेको हो।

काठमाडौं उपत्यकामा पनि यो मन्दीको प्रभाव स्पष्ट देखिएको छ। समीक्षा अवधिमा उपत्यकामा जम्मा ३ हजार २० वटा मात्र कारोबार भएका छन्। ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ६१६, गोटीखेलबाट ६, भक्तपुरबाट ८२०, डिल्लीबजारबाट १६३, चावहिलबाट ३६२, कलंकीबाट ४६६, मनमैजुबाट २०४, साँखुबाट २६३ र टोखाबाट १११ वटा घरजग्गा कारोबार भएका छन्।

व्यवसायीहरूका अनुसार घरजग्गा कारोबारमा आएको गिरावटको प्रमुख कारण भनेको कित्ताकाटमा लागेको रोक हो। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेका अनुसार भदौ महिनामा पनि बजारको अवस्था निराशाजनक नै रहेको छ।

राष्ट्र बैंकको लचिलो मौद्रिक नीतिपछि व्यवसायीहरूमा केही उत्साह आएको बताउँदै त्यसलाई कित्ताकाट रोकिएको निर्णयले एकाएक समाप्त पारेको व्यवसायीहरुले गुनासो गरेका छन् । साउन १ गतेदेखि कित्ताकाट रोकिएपछि बजार झ्याप्पै बन्द  भएको अवस्था आएको देखिन्छ ।

र स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्न ढिलाइ गरेका कारण सरकारले कित्ताकाटमा रोक लगाउनुपरेको हो। वर्गीकरणका लागि दिइएको एक वर्षको म्याद गत असारमा समाप्त भएपछि साउनदेखि कित्ताकाट प्रक्रिया ठप्प भएको हो।

आर्थिक शिथिलता पनि बजार मन्दीको  कारण  हो । “यदि सरकारले चाँडै कित्ताकाट खुलाउने निर्णय नगरे, घरजग्गा कारोबार झनै संकटमा जाने सरोकारवालको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij