काठमाडाैं : धनुषामा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) को टोलीले बुधबार धनुषाको मिथिला नगरपालिका–२ मा विशेष अपरेसन चलाउँदै उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मिथिला नगरपालिका–६ ढल्केवरका पप्पु साह र बारा जिल्लाको परवानीपुर गाउँपालिका–३ का सेलो देवी राम रहेका छन्। प्रहरीका अनुसार नियन्त्रणको प्रयासमा प्रतिकार गरेपछि बाध्य भएर गोली प्रहार गरिएको थियो।
उनीहरूबाट ठूलो मात्रामा खैरो हेरोइन बरामद गरिएको छ। पप्पु साहको साथबाट १०० ग्राम र सेलो देवी रामको साथबाट अनुमानित १०८ ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले उनीहरूविरुद्ध लागुऔषध (नियन्त्रण) ऐनअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको छ।