२०८३ साउन १२ मंगलबार

यस्ता छन मन्त्रिपरिषद्का १० निर्णयहरु

ई आर्थिक    बुधबार, साउन ७ २०८२
3.7K
Shares
यस्ता छन मन्त्रिपरिषद्का १० निर्णयहरु

ई-आर्थिक, काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मन्त्रिपरिषद् बैठकले १० निर्णय सार्वजनिक गरेको हो  । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही साउन ४  गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको  निर्णय सार्वजनिक गरेका छन्।

२०८२ साउन १३ देखि १५ गतेसम्म भुटानको राजधानी थिम्पुमा आयोजना हुने Promoting Agroecological Approaches for Sustainable Transformation of Agri-food Systems in South Asia कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका माननीय सदस्य श्री गंगादत्त अवस्थीलाई स्वीकृति प्रदान गर्ने  सरकारले निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

चीन सरकारबाट बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमाबोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी Letter of Exchange मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बिश्व बैंकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैङ्कसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने  निर्णय भएको मन्त्री गुरुङले बताए ।

२०८२ साउन ८ देखि १० गतेसम्म चीनको Shandong प्रान्तमा आयोजना हुने 2025 International Conference on Reducing Food Loss and Waste मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।

२०८२ साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने Second  United National Food System Summit Stocktake (UNFSS+4 ) मा कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

२०८२ साउन ६ गते नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत गृह । सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट गृह सचिव श्री गोकर्णमणि दुवाडी नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गरिएको हो ।

भारतीय सेनाले आयोजना गर्ने 134th Edition of Durand Cup Football Tournament 2025 को Opening Ceremony र नेपाली सेनाको फुटबल टिमको Opening Match मा २०८२ साउन ७ र ८ गते सहभागी नेपाली सेनाका उपरथी श्री ध्रुवप्रकाश शाहलाई स्वीकृति दिएको छ ।

नेपाली सेनाका एक जना सहायक रथीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा गर्ने निर्णय गरेको उनले बताए ।

वन तथा वातावरण २०८२ साउन ७ देखि १५ गतेसम्म जिम्बावेमा आयोजना हुने 15th meeting to the conference of the contracting parties to the | convention on wetlands (COP15) कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री माननीय रूपा वि.क. लाई स्वीकृति प्रदान गर्नेको छ ।

नायवमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२/४/२ देखि लागू हुने गरी पेश गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत सरकारले गरेको प्रवक्ता गुरुङ बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij