२०८३ साउन ९ शनिबार

निजामती सेवा विधेयकले कर्मचारीको अधिकार खुम्च्यायो, दल र नेताको विपक्षमा टिप्पणी गर्न नपाउने

ई आर्थिक    सोमबार, असार १६ २०८२
2K
Shares
निजामती सेवा विधेयकले कर्मचारीको अधिकार खुम्च्यायो, दल र नेताको विपक्षमा टिप्पणी गर्न नपाउने

ई–आर्थिक, काठमाडौं । प्रतिनिधिसभाबाट आइतवार पारित भएको संघीय निजामती सेवा विधेयकले निजामती कर्मचारीको अधिकार खुम्च्याएको छ । विद्येकको दफा ८९ मा निजामती कर्मचारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल र नेताहरूको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने कानूनी व्यवस्था गरिएको छ । जुन संविधानले व्यवस्था गरेको मौलिक हक रहेको कानुनविद्को तर्क छ ।

उच्च पदस्थ कर्मचारीले समेत राजनीतिक दलका नेता र कतिपय आफ्नै विभागीय व्यक्तिहरूको बारेमा समेत टीकाटिप्पणी गर्ने गरेको पाइएकाले नयाँ ऐनले सो कार्यलाई निरुत्साहन गर्ने गरी व्यवस्था गरेको हो ।

सो दफा भनिएको छ–निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा सामाजिक द्वेष वा कलह बढ्ने,हिंसा भड्किने गरी वा सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीको पक्ष वा विपक्षमा कुनै टिप्पणी गर्न वा यस परिच्छेद विपरीत हुने गरी कुनै कुरा व्यक्त गर्न हुँदैन ।

त्यस्तै नयाँ ऐनबमोजिम निजामती कर्मचारीले कसैलाई यातना दिन नहुने, यौनजन्य दुर्व्यवहार गर्न नहुने, प्रदर्शन हडताल कलम बन्द वा तालाबन्दी गर्न नपाउनेलगायतका प्रावधान समेत समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij