२०८३ साउन ९ शनिबार

यातायात व्यवसायीको आन्दोलनले देशभरका सार्वजनिक यातायात ठप्प, सर्वसाधारण मर्कामा

ई आर्थिक    सोमबार, जेष्ठ १९ २०८२
3.1K
Shares
यातायात व्यवसायीको आन्दोलनले देशभरका सार्वजनिक यातायात ठप्प, सर्वसाधारण मर्कामा

ई-आर्थिक, काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारीसाधान बन्दको प्रभाव देशैभरी परेको छ ।  यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन बन्द गरेपछि यात्रुहरू मर्कामा परेका छन्।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा सञ्चालन गर्न अनुमति दिनेगरी नियमावली ल्याएको विरोधमा नेपालभर सार्वजनिक यातायात ठप्प पारिएको हो।

काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सार्वजनिक यातायात नचलेपछि यात्रुहरू बिहानैदेखि बस स्टपमा गाडीको प्रतिक्षामा देखिएका छन्। सार्वजनिक यातायात साधन बन्द हुँदा राइड सेयरिङ कम्पनीहरुले सेवा दिने नाममा मूल्य बढाएर सर्वसाधारणहरुलाई झन मर्कामा परेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

कोही पठाओ सेवामा चढेर गन्तव्यतर्फ लागेका छन् भने कोही पैदलै यात्रा गरिरहेका छन्। सधैं व्यस्त हुने सडकहरू आज बिहानैदेखि सुनसान देखिएका छन्।

यस आन्दोलनको प्रभाव देशभर देखिएको छ भने यात्रु, मजदुर र दैनिक कामकाजी वर्ग विशेष रूपले प्रभावित भएका छन्। यता, सरकार भने नियमावली फिर्ता नलिने अडानमा रहेको छ। ‘राइड सेयरिङ’लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात बन्द गरेका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र एकीकृत ट्रेड युनियन महासंघ गण्डकीलगायतका आठ संगठनले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी १७ बुँदे मागपत्र सार्वजनिक गरेका छन्।

मागहरूमा निजी सवारीसाधनलाई सार्वजनिक सवारीसाधनसरह यात्रु ओसारपसार गर्न दिने व्यवस्था खारेज गर्नुपर्ने, सार्वजनिक सवारीसाधनको आयु सीमा हटाउनुपर्ने, राइड सेयरिङ सेवालाई कानूनी मान्यता दिन नहुनेलगायत विषय छन्।

सार्वजनिक यातायात बन्दका  जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सुरु गरेसंगै देशभरी व्यवसायीहरुले आन्दोलन चर्काएका छन् ।

सरकारसंग वार्ता गर्दै यातायात व्यवसायी

अहिले यातायात व्यवसायी तथा सरकारबीच गृहमन्त्रालयमा छलफल चलिरहेको छ ।

गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायीसँग छलफल सुरु गरेका छन्। सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा व्यवसायीले देशभर सार्वजनिक यातायात ठप्प बनाएपछि गृहमन्त्रीले छलफलमा बोलाएका हुन्।

अहिले मन्त्रालयमा गृहमन्त्रीकै सहभागीतामा छलफल सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij