ई-आर्थिक, काठमाडौं । मन्त्रिपरिषद्को बैठकबाट बजेट अनुमोदन स्वीकृत भएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको थियो ।
आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन मन्त्रिपरिषद्ले गरेको हो ।
संघीय संसद्मा बैठक ३ बजे कार्यतालिका छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने छन् ।