ई–आर्थिक, काठमाडौं । प्रहरीले लागू औषधका १ हजार ६७ क्याप्सुलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ बल्खुबाट लागु उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ घर भएका २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेको धुलिखेल नगरपालिका–२ घर भएका २३ वर्षीय रवीन श्रेष्ठ, नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का २१ वर्षीय सुरेन्द्र अछामी र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएका विजय आले मगर भएको प्रहरीले जानकारी दिएको छ ।