२०८३ साउन १० आइतबार

बजेट सम्बन्धित आर्थिक सर्वेक्षण प्रकाशनको अन्तिम तयारीमा अर्थ मन्त्रालय

ई आर्थिक    आइतबार, जेष्ठ ११ २०८२
2.3K
Shares
बजेट सम्बन्धित आर्थिक सर्वेक्षण प्रकाशनको अन्तिम तयारीमा अर्थ मन्त्रालय

ई-आर्थिक, काठमाडौं । अर्थमन्त्रालयद्वारा आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा पुगेको छ । आर्थिक सर्वेक्षण, संस्थानहरूको प्रगति, मन्त्रालयगत प्रगति विवरणको तयारी अन्तिम चरणमा पुगेको अर्थमन्त्रालयले जानकारी दियो ।

प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

बजेट वक्तव्यसहित व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतको पनि तयारी जारी छ ।

यसअघि अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij