२०८३ साउन ९ शनिबार

व्यावसायीक च्याउखेतीबाट वार्षिक १८ लाख भन्दाबढि बचत

ई आर्थिक    मंगलबार, बैशाख ३० २०८२
4.8K
Shares
व्यावसायीक च्याउखेतीबाट वार्षिक १८ लाख भन्दाबढि बचत

ई-आर्थिक, सुनसरी ।  ३ वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किएका बराहक्षेत्र नगरपालिका-९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक १८ लाख रुपैयाँ भन्दा बढी बचत गर्दैछन्। दुबईको तातो घाम पसिना र परदेशको पीडाले थिचिएका उनी अहिले च्याउको टनेलभित्र हरियाली सपना देखिरहेका छन्।

अजितले दुबईमा काम गर्दा महिनाको ३५/४० हजार कमाउथ्ये। तर त्यो पैसाले खासै जीवन चलाउन सजिलो भने थिएन। ‘आफूलाई खाना खर्च अनि घरखर्च पठाउँदैन सकिदैन थियो। बचत त के गर्नु र कहिलेकाहीँ त ऋणै लाग्थ्यो’ उनी विगत सम्झिदै भन्छन्, ‘गाउँ आएपछि हातमा धेरै पैसा थिएन तर, मनभित्र एउटा आँट र अनुभव थियो। अब विदेश होइन, आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले च्याउखेती सुरु गरेँ।’

सुरुका दिनमा दुःख र चुनौती भए पनि अहिले व्यवसायले फन्को मार्यो। उनले २०७० मा दुईवटा टनेलमा २ लाख २७ हजार रुपैयाँ लगानीमा व्यवसाय सुरु गरेका थिए। सुरुमा च्याउ बिक्री गर्न बजारको समस्या निकै थियो, उत्पादन हुन्थ्यो तर बिक्रीका लागि बजारको समस्या, प्रविधिको अभाव, सीप नहुनु र रोगको समस्या आयो।

तर, तालिम र अनुभवले समस्या पार लागाउँदै गए। विस्तारै बिक्रीका लागि बजारको समस्या पनि हट्यो, अहिले सबै राम्रो छ। अहिले उनले १२ टनेलमा च्याउखेती गर्दै आएकाछन्। ती टनेलबाट अफसिजनमा दिनहुँ करिब ३ सय केजी बढी च्याउ उत्पादन हुने गरेको छ। सिजनमा ६ सय केजीसम्म च्याउ उत्पादन हुने गरेको उनी सुनाउँछन्। पुसदेखि फागुनसम्म च्याउ राम्रो उत्पादन हुने सिजन हो।

त्यो समय राम्रो उत्पादन भए पनि बजारमा मूल्य कम हुन्छ। जुन समय प्रतिकेजी ६० देखि ८० रुपैयाँमा बिक्री गर्नुपर्छ। अहिले मैले प्रतिकेजी १ सय ६० देखि १ सय ७० सम्ममा बिक्री गरिरहेका छन्। अहिले यही च्याउखेतीले दिएको राम्रो आम्दानीबाट घरखर्च धानेर वर्षमा १८ लाख बढी मज्जाले बचत हुने गरेको भुजेलले बताए। ‘अहिले वर्षमा २२ देखि २४ लाखसम्मको च्याउ बिक्री हुन्छ। सबै खर्च कटाएर १८ लाख बचत हुन्छ’ उनले भने।

सुरुमा बजार अभाव भएपनि अब त्यो समस्या छैन। व्यापारी आफैँ फार्ममा च्याउ खोज्दै आउइपुग्छन्। केही व्यापारीले हामीलाई दिने च्याउ बाँकी छ कि छैन भनेर फोन गर्छन्। व्यापारी फार्ममै च्याउ खरिद गर्न आउँदा २० देखि ३० कम मूल्यमा दिने गरेको उनको भनाइ छ। तर, आफैँले बजार पुर्याउन सके उनलाई नाफा हुन्छ।

‘धेरैजसो धरान इटहरी चक्रघटी, कालाबन्जरलगायत स्थानीय बजारमा भने म आफैँले पुर्याउने गरेको छु भने विराटनगर, राजविराजलगायत ठाउँबाट व्यापारी आफैँ लिन आउने गरेका छन्’ अजितले भने। उनको टनेलमा दुई जना युवाले रोजगारी पाएकाछन्। बाँकी परिवारलाई पनि यही च्याउखेतीमा रोजगारी मिलेको छ। देशमा केही छैन भन्ने कुरा त अब पुरानो भयो, काम गर्ने मान्छे अनि इच्छा भयो भने आफ्नै देशमा मनग्य पैसा कमाउन सकिने उनको बुझाइ छ।

‘परदेशको कमाइ परदेशमै सकिन्छ। तर, केही व्यापार गर्दा सिकेर गरियो भने आम्दानी मनग्य छ’ उनले भने। च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता पर्छ। सधैँ एकनासको व्यापार हुँदैन, तर च्याउखेती कम जग्गा र थोरै लगानीमा पनि राम्रै आम्दानी गर्न सकिने व्यवसायमा पर्छ। च्याउखेतीका लागि विशेषगरी पराल र चुन आवश्यक पर्छ।

त्यसबाहेक बाँस र खरले छाएको टहरासँगै प्लाष्टिक र झुल पनि चाहिन्छ। ४/५ दिन मज्जाले खटेर काम गरियो भने एक महिनासम्म ढुक्क हुन्छ। उनले अहिले कन्य जातको च्याउखेती गरिररहेका छन्। यसमा विषादीको प्रयोग नगरी उत्पादन गरिने भएकाले स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ। बजारमा पनि यसको माग बढ्दो रहेको भुजेलले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij